शुक्रबार, चैत्र १६, २०८०

बालकलाई बलि दिने अभियुक्तलाई हदैसम्मको कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौ श्रावण १८ , गत श्रावण ५ गते नवलपरासीका कुडियास्थित शिव शम्भु प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययरत १० वर्षीय बालक जीवन कोहारलाई बलि दिने अमानविय एवम् नर पिपासु अभियुक्तहरूलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै आज बालकका child-abuse-265_1297157565आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

बालक जीवनलाई बलि दिने कार्यमा संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारबाहीको माग राख्दै स्थानीयवासीले अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रदर्शन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रदर्शनको क्रममा उनिहरुल जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेको समाचारमा उल्लेख रहेको छ ।