शुक्रबार, बैशाख ७, २०८१

बन्द आव्हानका कारण जनजीवन प्रभावित शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नर्गन यादवको चेतावनी

काठमाडौ श्रावण ३१, सत्ताधारीदलले संविधानको प्रारम्भिक मस्यौदामा गरेको सीमाङ्कनविरुद्ध  नेकपा–माओवादी (वैद्य पक्ष) लगायत ३३ राजनीतिक दल, सङ्घीय समाजवादी फोरम नेपालले आह्वान गरेको आजको   नेपाल बन्दको क्रममा राजधानी लगाएत मोफसलको जनजिवन प्रभावित भएको छ ।  यसैक्रममा आज विहानै बन्द गराउँदै हिँडेका ५ दर्जन भन्दाबढि बन्दकर्तालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यसैवीच सङ्घीय समाजवादीे पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै अधिकार प्राप्तिका लागि शान्तिपूर्ण बन्द तथा प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकार भएकाले शान्तिपूर्ण गतिविधिमा हस्तक्षेप नगर्न र पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेको छ ।

त्यस्तै विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप नरोकिए आफनो पार्टी कडा प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिदै   सयौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेका जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु