शनिबार, बैशाख ८, २०८१

बन्दबाट मोफसलको जनजीवन प्रभावित: गृह

काठमाडौं भाद्र ६,  संविधानको मस्यौदामा आदिवासी जनजाति महासङ्घको माग संवोधन नभएको भन्दै गरिएको दुइ दिने बन्द आव्हानको क्रममा उपत्यकाभित्र बन्दको खासै प्रभाव नपरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले आज काठमाडौं उपत्यकामा बन्दको नाममा अराजक गतिविधि गर्ने ४० जना HomeMinistryबन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै सीमाङ्कनमा आफ्नो असहमति जनाउँदै संयुक्त मधेसी मोर्चाले विगत केही दिनदेखि गर्दै आएको तराई–मधेस बन्द र विरोधका कारण मोफसलको व्यापार व्यवसाय, सवारी साधन पूर्णरुपमा सञ्चालन हुन नसक्दा जनजीवनमा प्रभावमा परेको गृह मन्त्रालयद्दारा आज जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै वित्रप्तिमा केही दिनदेखि तराई क्षेत्रमा हुँदै गरेको बन्दको प्रभावलाई न्यून गर्न स्थानीय प्रशासनले पूर्व–पश्चिम लोकमार्गमा चल्ने सवारी साधनलाई सुरक्षित रुपमा आवागमन र दैनिक उपयोग्य वस्तुको आपूर्तिमा सहजता ल्याउने प्रयास गर्दै आएको जनाउँदै बन्दको क्रममा आज बर्दिया जिल्लामा थरुहट राज्यको माग राखी प्रदर्शन गरिरहेका प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयमा पुगी प्रहरीमाथि दुङ्गामुढा गर्दा प्रहरीले सामान्य बल प्रयोग गरी प्रदर्शनकारी नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नु परेको जनाउँदै त्यस क्रममा प्रहरीतर्फ दुई जना र प्रदर्शनकारीतर्फ दुई जना घाइते भएका मन्त्रालयले जनाएको छ ।  साथै सरकारी, सार्वजनिक, व्यक्तिगत सम्पत्तिको तथा नागरिकको सुरक्षा गरी शान्तिसुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय रुकुम, कपिलवस्तुले जिल्ला सदरमुकाम र जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मन्त्रालयले जनाएको छ ।