शुक्रबार, बैशाख ७, २०८१

बन्दको प्रभाव क्रमस क्षिण हुँदै , बन्दकर्ताको चहलपहल सडकमा न्यून, बन्दविरुद्ध -याली

दिउँसो २ बजेदेखि नेपाल बन्द खुल्दै

काठमाडौ श्रावण ३२, संविधानको प्रारम्भिक मस्यौदामा ६ प्रदेशको सिमाङकनको विरोध जनाउँदै आएका वैद्य माओवादी, सघीय समाजवादी, जनजाती, मधेशी दल लगायतले आईतबार र सोमबारका लागि आयोजना गरेको  Bandaबन्दका कारण आज विहान काठमाडौँ उपत्यकाको जनजीवनमा सामान्य प्रभाव परे पनि अघिल्लो दिनको तुलनामा आज उपत्यकाका भित्री सडक चोकका पसल खुला हुनुको अलावा केही भाडाका सवारीसाधन टेम्पो, माइक्रोबस बिहानैदेखि चालु रहेका थिए । यसैवीच आइतबार बन्दकर्ताले बिहानैदेखि तोडफोडको प्रयास गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सुरु गरेपछि बन्दकर्ताको चहलपहल सडकमा न्यून हुँदै गएको थियो ।

त्यसपछि बन्दकर्ताहरुले बन्दको अवज्ञा गर्दै सर्वसाधारण जनता, यातायात व्यवसायी, उद्योगी/व्यवसायीले विरोध गरेर यातायातका साधन सञ्चालनमा ल्याएपछि आन्दोलन विफल बनेको हो । बन्द कर्ताले आइतबार र सोमबारका लागि बन्द आयोजना गरेका थिए । आइतबारको तुलनामा  सोमबारको बन्दको प्रभाव क्रमस क्षिण हुँदै गएको   थियो ।  सोमबार आन्दोलन गर्दै हिँडेका मध्ये आज एक महिला सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।   त्यसपछि दुई दिनदेखि नेकपा–माओवादी लगायतका दलहरुले आह्वान गरेको नेपाल बन्द आज दिउँसो २ बजेदेखि खुलाउँने तयारी भएको  सम्वद्ध स्रोतले जनाएको  छ  11111

यसैवीच नेपाल बन्दविरुद्ध विवेकशील नेपाली नामक संस्थाले आज-याली निकालेको छ । नेपाल खुल्ला छ’ लेखिएका प्लेकार्डसहित निस्केको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । बन्दको विकल्प खोजौँ’, ‘बन्द नगरौँ’ भन्दै बन्दका समयमा बन्दविरुद्ध विरोध कार्यक्रम गर्दै आएको सो संस्थाको अगुवाईमा निस्केको  -याली माइतीघर मण्डलाबाट निस्केको ¥याली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, घन्टाघर, भृकुटीमण्डप, पुतलीसडक, हात्तीसार ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो लगनखेल हुँदै पुनः माइतीघर मण्डला हुने बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु