बुधबार, बैशाख १२, २०८१

बजारको सुभारम्भ सङगै आर्थिक उन्नति तथा सामाजिक परिवर्तनको ढोका खुला: उपप्रम सिहं

काठमाडौ श्रावण २१, शुभश्री एग्रो प्राली द्दारा राजधानीको बल्खु क्षेत्रमा र गुणस्तरीय तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले सहित सुरु गरेको गुणस्तरीय तरकारी तथा फलफूल बजारको आज एक कार्यक्रमकावीच उपप्रधानमन्त्री प्रकाशमान सिंहले बजारको 11855685_10153527702617329_4309279253569526860_n उद्घाटन गर्नु भएको छ ।

करिब रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएको बजारमा १०५ बिक्री कक्ष सहितको उक्त बजारको विस्तारले कृषकको मात्र नभई समग्र देशको आर्थिक उन्नति तथा सामाजिक परिवर्तनको समेत ढोका खुलेको बताउँदै उपप्रम सिहले अब मुलुकमा संविधान जारी राजनीतिक स्थिरता कायम भई कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा तीव्र विकास गर्न सकिने अभिव्यक्त गर्नु भएको छ ।

कार्यक्रममा सभासद् राजन केसी, ध्यानगोविन्द रञ्जित, कृषि मन्त्रालयका सहसचिव डा योगेन्द्र कार्की बजारका अध्यक्ष मोहनकुमार बस्नेत लगायतले सुविधा सम्पन्न बजारको सुभारम्भले सम्भावना वृद्धि गरेको बताउँनु भएको थियो