शुक्रबार, चैत्र १६, २०८०

फोनिज सम्मान वितरण गर्दै संविधान सभाध्यक्ष नेम्वाङले भने- जनसुझाव सहितको संविधान जारी हुन्छ

काठमाडौ श्रावण २३, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्वारा स्थापित “आदिवासी जनजाति पुरस्कार २०७२ वितरण 11232710_1028070303891231_151682727032753621_nकार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई संविधानमा समावेश गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु यथासंभव प्रयासमा लागि रहेको बताउँनु भएको छ ।

त्यस अवसरमा संविधासभाध्यक्ष नेम्वाङले कार्यक्रममा नगद रु २० हजार सम्मानपत्र सहितको २०७२ को फोनिज सम्मानबाटसात जना सञ्चारकर्मीहरु क्रमस सुरेशकिरण मानन्धर (सन्ध्या टाइम्स दैनिक), देविका घर्तीमगर (हिमाल खबर), लोकबहादुर गुरुङ र लाल गुरुङ (एबिसी टेलिभिजन), रोजिना लामा (सगरमाथा टेलिभिजन), सन्तोष नेम्वाङ (इलाम एफएम) र कमला चौधरी (रेडियो जागरण रूपन्देही) लाई सम्मानित गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले पहिचान र समावेशीतासहितको संविधान नआएमा महासङ्घलाई मान्य नहँने भन्दै पहिचान र समावेशीतासहितको संविधान मुलुकको आवश्यकता भएको विकिर गर्नु भएको थियो भने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आदिवासी जनजाति पत्रकारले उठान गरेका सञ्चार नीतिलाई समावेशी बनाउनुपर्ने मागप्रति महासङ्घको साथ र सहयोग रहने बताउँनु भएको थियो । कर्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ र महासचिव गजुरधन राई लगायतका वक्ताले पनि बोल्नु भएको थियो ।  फोटो  नृपेन्द्रलाल   श्रेष्ठ