शुक्रबार, बैशाख ७, २०८१

प्रेस स्वतन्त्रतासहितको संविधान जारी हुन्छ : नेता केसी

वीरगन्ज श्रावण १९, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउन लोकतान्त्रिक संविधान जारी हुनेमा सबैलाई आश्वत हुन आग्रह   गर्दै   प्रेस स्वतन्त्रतासहितको संविधानपूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको निधि भएको र यो सम्पूर्ण रुपमा कायम हुने बताउँदै पत्रकारिता क्षेत्रलाई अंकुश लगाउने कुरा हुँदैन र यो नेपाली काँग्रेसलाई स्वीकार्य नभएको बताउँनु भएको छ ।   11825544_10204596563210569_4782911407140851845_nवीरगन्जबाट प्रकाशित हुने ‘लोक टाइम्स’ दैनिक पत्रिकाको तेस्रो वार्षिकोत्सव समारोहको उपलक्ष्यमा सो पत्रिकाद्वारा सोमवार आयोजित ‘आर्थिक सामाजिक विकास र पत्रकारिता’ विषयको छलफललाई सम्बोधन गर्दै नेता केसीले लोकतन्त्रलाई सबल, सुदृढ र संस्थागत विकासका लागि पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान जारी हुँने बताउँनु भएको हो ।

त्यस्तै उहाँले  लोकतन्त्रको उर्वर भूमि तराई–मधेसको अधिकार, स्वाभिमान, सम्मान र पहिचानलाई कायम गरेर मात्र संविधान आउने विश्वास व्यक्त गर्दै अहिले जातजाति, धर्म सम्प्रदाय, भूगोलको झगडामा पर्नु हुँदैन, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा तथा लोकतन्त्रको स्थायित्व र संस्थागत गर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्नेमा विशेष जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरसिया , एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पत्रिकाका प्रकाशक एवम् सम्पादक पवन तिवारी, काँग्रेसका युवा नेताद्वय अजयकुमार द्विवेदी र जर्नादनसिंह क्षेत्री, एमालेका चिरिन्जीवी आचार्य, एमाओवादीका बाबुराम कौशिक, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवलगायतले सबैको अधिकार सुरक्षित हुने संविधान जारी भए मात्र मुलुकको सामाजिक तथा आर्थिक उन्नति हुने बताउँदै यसका लागि नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय योगदान पु-याउने उद्योगी गणेश लाठ र समाजसेवी रामदेवप्रसाद कलवार, राधाकृष्ण चौहान तथा शम्भु मिश्रलाई सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु