बिहिबार, चैत्र १५, २०८०

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अवरुद्ध नगर्न महासंघद्दारा सम्बद्ध पक्षको ध्यानाकर्षण

काठमाडौ श्रावण ३०, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपालसहित मधेसवादी केही दल र जनजातिले FNJ-logo-300x246आह्वान गरेको बन्दका क्रममा प्रेसलाई गरिएको अवरोध, सञ्चारमाध्यम तथा सञ्चारकर्मीका सवारीसाधनमा भएको तोडफोड, पत्रिकामा आगजनी तथा वितरणमा अवरोधका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघद्दारा आज जारी विज्ञप्तिमा बन्दका क्रममा राजधानीमा विहानै पत्रकारमाथि आक्रमण गर्ने पत्रकारको गाडीमा तोडफोड गर्ने पत्रपत्रिका जनाउँने जस्ता अवान्छित कार्यको घोर भत्र्सना सहित कुनै पनि बहाना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अवरुद्ध नगर्न तथा अत्यावश्यक सुविधा र नागरिकका मौलिक हकमाथि कुठाराघात नगर्न सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।