बिहिबार, बैशाख १३, २०८१

प्रवेशिकाको पूरक परीक्षामा श्रावण २० बाट सुरु हुँने

पूरक परीक्षामा एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुँदै

भक्तपुर श्रावण १८, वर्ष २०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । श्रावण २० गतेबाट सुरु हुँने मौका slcपरीक्षामा कुल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुने र परीक्षाका लागि कार्यालयले देशभर कुल २४७ परीक्षा केन्द्र निर्धारण गरिएको बुझिएको छ ।

परीक्षामा एक विषयमात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेको उहाँले जानकारी दिनुभयो । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा श्रावण २७ गते सम्पन्न हुनेछ ।