बिहिबार, बैशाख १३, २०८१

प्रम कोइरालाले आन्दोलन छाडेर वार्तामा आउँन असन्तुष्ट पक्षलाई आह्वान गर्ने

संविधानप्रति असहमति राख्दै आएका दलहरूसँग वार्ता गर्ने जिम्मा प्रम सुशील कोइरालालाई

 

images (1)काठमाडौं भाद्र ६, प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न सबै पक्षलाई आह्वान गर्ने भएका छन् । संविधान निर्माणमा सहयोग गर्न असन्तुष्ट दल तथा समुदायलाई आह्वान गर्ने प्रमुख तीन दलको बैठकमा सहमति भएको हो । यसअघि कांग्रेस पदाधिकारी बैठकले नयाँ संविधानको विधेयकमा मधेसी दलसहित असन्तुष्ट पक्षसँग छलफल गर्नुपर्ने निर्णय गरेको समाचार नयाँ पत्रिमा दैनिकमा प्रकाशित  छ ।
त्यस्तै ‘संविधानको विधेयक तयार भएको छ, तर फोरम लोकतान्त्रिकसहितका दलको असन्तुष्टि छ,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘मिल्न सक्ने र मिलाउन सकिने अवस्थामा मधेसीसहितका सबै दलसँग छलफल गरेर जाने भन्ने भएको छ ।’ कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पनि असन्तुष्ट दललाई वार्तामा आउन केही समय दिने भन्ने भएको बताए । ‘फोरम लोकतान्त्रिकका गच्छदारसहितका दल असन्तुष्ट देखिएका छन् । उनीहरूले उठाएको इस्युलाई जस्ताको तस्तै लागू गर्न सकिन्छ भन्ने त होइन । तर, वार्ताको सुरुवात गर्नुपर्छ भन्ने कांग्रेसको निर्णय हो,’ बडूले भने, ‘सबैसित संवादका लागि समय दिनुपर्छ, कुरा सुन्नुपर्छ, अधिकतम सहमतिका साथ संविधान बनाउनुपर्छ भन्ने भएको छ ।’