शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री कोइरालाद्वारा शोक व्यक्त

काठमाडौ भाद्र १ , प्रधानमन्त्री सुशील कोइरालाले भारतकी प्रथम महिला एवम् राष्ट्रपति प्रणव मुखर्जीकी धर्मपत्नी श्रीमती सुभ्रा मुखर्जीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । मित्रराष्ट भारतका राष्ट्रपति मुखर्जीलाई आज एक शोक सन्देश पठाउँदै images (1)प्रधानमन्त्री कोइरालाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँका परिवारजन र आफन्तका साथै भारत सरकार र त्यहाँका जनतामा हार्दिक समवेदना व्यक्त गर्दै स्वर्गीय मुखर्जीको आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।

यसैवीच आजै प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई शोक सन्देश पठाउँदै प्रथम महिला सुभ्रा मुखर्जीको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै नेपाल सरकार र नेपाली जनता शोकको यस घडीमा भारत सरकार र त्यहाँका जनता तथा महामहिममा हार्दिक समवेदना व्यक्त गर्दछौँ, प्रधानमन्त्रीले शोक सन्देशमा उल्लेख  गर्नु भएको छ ।