शुक्रबार, बैशाख १४, २०८१

प्रदर्शनको नाममा हिंसालाई प्रशय नदिन उच्चायुक्तको आग्रह

काठमाडौ भाद्र ९,  मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले नेपालमा जारी राजनीतिक हिंसाका खबरबाट UN High Commissioner for Human Rightsचिन्तित भएको जनाउँदै राजनीतिक दल र प्रदर्शनकारीलाई समस्याको शान्तिपूर्ण समाधान खोज्दै प्रदर्शनको नाममा हिंसालाई प्रशय नदिन आग्रह गरेको छ ।

उच्चायुक्तका प्रवक्ता रुपेर्ट कोलभिलेल मङगवार जारी गरेको वक्तव्यमा हिंसाका घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगले गरेको आह्वानलाई उच्चायुक्तको कार्यालयले पूर्ण सहयोग गर्ने जनाउँदै हिंसा बढ्न नदिन र त्यसलाई नियन्त्रण बाहिर जानबाट रोक्न दल र प्रदर्शनकारीलाई वार्तामा बस्न उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।