बुधबार, बैशाख १२, २०८१

प्रतिलिपि अधिकारको मागदावी सहित पत्रकार श्रेष्ठले गरे सांस्कृतिक संग्रहालविरुद्ध उजुरी दर्ता

कसैको प्रतिलिपी अधिकारमाथिनै सस्थागतरुपमा व्यत्तिगत लाभका लागि धावा बोल्नु कुनै पनि अर्थमा न्यायोचित होइन

काठमाडौ, श्रावण १६, सांस्कृतिक संग्रहालय नेपाल नामक संस्थाको आयोजनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्तृतिमा भन्दै राजधानीस्थित आर्ट ग्यालरीमा विगत एकसाता देखि जारी तस्बिर प्रदर्शनीमा आफूले खिचेका तस्बिरहरू अनुमति नै नलिई राखिएको 20150730_anup_21 20150730_anup_22 20150730_anup_23 20150730_anup_24 20150730_anup_25भन्दै फोटो पत्रकार नरेशकुमार श्रेष्ठले प्रतिलिपि अधिकार रजिस्टार कार्यालयमा उजुरी गरेका छन्। पत्रकार श्रेष्ठले प्रदर्शनीमा आफूले खिचेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी, जीवराज आश्रित, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा लगायत विभिन्न व्यक्तिहरूको तस्बिर पाइरेसी गरी राखिएको भन्दै उनले नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ का आधारमा कारबाहीका महानगरीय प्रहरी परिसर टेकुमा लागि निवेदन दिएका थाहा भएको छ ।

मेरा तस्बिरहरूमा मलाई आर्थिक र नैतिक दुवै अधिकारबाट वञ्चित गराई गैरकानुनी ढंगले प्रदर्शनी गरिएको भन्दै पत्रकार श्रेष्टले एक विज्ञप्ति प्रकाशित गर्दै सांस्कृतिक सङ्ग्रहालय नेपालले गरिरहेको प्रदर्शनीमा राखिएका करिब १५० तस्बिर मेरो अनुमतिबिना प्रदर्शनीमा राखिएकाले प्रतिलिपि अधिकार ऐन, २०५९ का आधारमा कारबाही गरिपाउँ भनी सम्बन्धित निकायमा निवेदन दिएको उल्लेख गरेका छन ।
तर प्रदर्शनी आयोजक सांस्कृतिक संग्रहालले सम्वद्ध स्रोतलेभने आफूहरूले मदन भण्डारी स्मृति प्रतिष्ठानले छापेको तस्बिरमा मदन भण्डारीलाई आधार बनाइएको जनाउँ दिएका छन । स्मरण रहोस आयोजक संस्थाले यसअघि पनि जननायक विपी कोइराला ,प्रजातान्त्रका पिता गणेशमानसिंह लगायतका हस्तीहरुको फोटो प्रदर्शनी गर्दै गर्दा पनि यस्तै अनेकन विवाद सिर्जना भएपनि त्यो विवाद भने चर्चामा नआएको स्रोतले जनाएको छ । हुनत मुलुकका महान हस्तीहरुको फोटो प्रदर्शनी हुनु पछिल्लो पुस्ता कालागि महत्वपूर्ण पक्ष भए पनि कसैको प्रतिलिपी अधिकारमाथिनै सस्थागतरुपमा व्यत्तिगत लाभका लागि धावा बोल्नु कुनै पनि अर्थमा न्यायोचित नभएको एक फोटो प्रदर्शनी स्थलमा फोटो अवलोकनार्थ आएका एक दर्शकले बताए ।