मङ्लबार, बैशाख ४, २०८१

प्रक्रिया पु-याएर महन्थ नियुक्त गर्न सर्वोच्चको आदेश

 

काठमाडौ श्रावण २६, सर्वोच्च अदालतले जनकपुर जानकी मन्दिरका तत्कालीन महन्त रामतपेश्वर दासको रिट निवेदनको सुनवानई गर्दै supreme-court-nepalमन्दिरमा प्रक्रिया पु-याएर महन्थ नियुक्ति गर्न आज गुठी संस्थानलाई आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले प्रक्रिया पु¥याएर मात्र सो मन्दिरमा महन्थ नियुक्त गर्न आदेश दिएको हो ।

गुठी संस्थानले २०७० माघ १६ गते उक्त मन्दिरमा लामो समयदेखि महन्थ भई कार्य गरिरहेका रामतपेश्वर दासलाई हटाएर जगदीशदास बैष्णवलाई नियुक्त गरेको थियो ।  आफूलाई  महन्थबाट हटाई अर्कैलाई नियुक्त गरेको प्रक्रिया नपुगेको दाबी गरी र सो ठाउँमा आफूलाई नै यथावत राख्न आदेशको माग दाबी गर्दै रामतपेश्वरले सर्वोच्च अदालतमा २०७० माघ २१ गते रिट निवेदन दायर गर्नुभएको थियो ।