बिहिबार, चैत्र १५, २०८०

पुर्ननिर्मामाणका लागि आवश्यक बजेटको व्यवस्था कामपाले गर्ने कार्यकारी प्रमुख तामाङगको उद्द्घोष

पूननिर्माणको नाममा गठन गरिएको समन्वय समिति खारेजीको माग गर्दै प्रदर्शन
स्थानीयले भने- ३२ करोडको चलखेल रोक्नु पर्छ

काठमाडौं श्रावण १७, गत बैशाख १२ गते गएको महाभूकम्पको आज १०० दिन पुगेको छ । यसैक्रममा महाभूकम्पले क्षति पुर्‍याएको राजधानीको बसन्तपुर क्षेत्रका ऐतिहांसिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्नका लागि आज20150802_anup_49 20150802_anup_53 काष्ठमण्डप परिसरमा आयोजित प्रतिबद्धता अभिव्यक्ति सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुदसिंह तामाङगले सम्पदा क्षेत्रको पुर्ननिर्मामाणका लागि कामपा स्वयमले आवश्यक बजेटको व्यवस्था गर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले युनेस्कोको मापडण्ड अनुरुप सम्पदाको पुर्ननिर्माण गरि पर्यटकीय आकर्षणको गन्तव्य बनेको बसन्तपुर दरबार क्षेत्रको पहिचानलाई अद्यावधिक गरिने जानकारी दिदै दरवार क्षेत्रको तत्काल पुर्ननिर्माणका लागि कामपाले ३२ करोड बजेट विनियोजन गरिएको जानकारी दिनु भएको थियो । साथै उहाँले पुर्ननिर्माणका कार्य तत्काल सुरु गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षन गर्न सकिने र यसको लागि स्थानीय संघसस्थाको सहकार्यमा पुरातत्व विभागले हनुमानढोका दरबार सम्पदा पुनर्निर्माण समितिले उपलब्ध गराउने नक्सा र डिजाइनअनुसार दरवार क्षेत्रको भित्री भागको पुरातत्व विभागले र बाहिरी भागको पुर्ननिर्माण कामपाले गर्ने प्रतिबद्धता सहित सहकार्यको लागि आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा पुरातत्व विभागको तर्फबाट उपसचिव सौभाग्य प्रधानाङग ,कामपा दलीय समयन्त्रको तर्फबाट उमेस स्थापित र पूननिर्माणका लागि समन्वय समितिको तर्फबाट मनोज नेवा लगायतका व्यििक्रहरुले अभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, पर्यटन बोर्ड, इन्द्रजात्राट उमेस स्थापित र व्यवस्थापन समिति, हनुमान ढोका दरबार क्षेत्र संरक्षण समिति, विभिन्न दलका सभासद् लगायत कामपाका दलीय प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
त्यस्तै कार्यक्रममा बैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण हनुमान दरबार क्षेत्र आसपासमा मात्रै १ सय ३१ जनाको ज्यान गएको कार्यक्रममा जानकारी गराईएको थियो ।20150802_anup_51 20150802_anup_49

यसैवीच यसअघि दरवार क्षेत्र संरक्षण तथा ब्यवस्थापन महासमितिको पहलमा काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रका मठमन्दिर लगायत सम्पदाको पून निर्माण गर्नको निम्ति हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका विभागीय प्रमुख नरेन्द्रविलास बज्राचार्यको अध्यक्षतामा सह–अध्यक्षमा मनोज नेवाः खड्गी तथा सदस्यहरुमा क्रमश दिगम्बर श्रेष्ठ, रमेशमान मूनिकार, कल्याण ताम्राकार, बिनोद तुलाधर र बसन्त श्रेष्ठ लगायतका व्यक्तिहरु रहने गरि गठन गरिएको १२ सदस्यीय हनुमानढोका दरबारस्थित प्राचिन सम्पदा पूननिर्माणका लागि समन्वय समिति गठन गरिएको समितिमा संस्थागत सम्बोधन नभएको भन्दै स्थानीय संघसंस्थाका प्रतिनिधीहरुले नारावाजी गर्दै पूननिर्माणका लागि गठन गरिएको समन्वय समिति खारेजीको माग गर्दै प्रदर्शन गरेपछि कार्यक्रम स्थगन गरिएको थियो ।

काष्ठमण्डप परिसरमा आयोजित प्रतिबद्धता अभिव्यक्ति सभा स्थगन लगत्तै स्थानीय व्यक्तिहरुले हाम्रा प्रतिनिधी संग कुरा गर्दै भने यो सव पूननिर्माणको लागि कामपाले विनियोजन गरेको ३२ करोडको चलखेलका लागि यो वा त्यो बहानामा आफु अनुकुलका व्यक्ति मात्र समावेस गरि कार्यसम्पादन गर्न खोजेपछि उतपन्न भएको विरोध भएको बताए ।

https://www.youtube.com/watch?v=hb-wfbHj0Jc