बिहिबार, बैशाख १३, २०८१

पत्रकार योगीमाथि हत्या गर्ने धम्की सहित सांघातिक हमला,व्यवस्थापनले देखाएको रवैयाको भत्सर्ना

काठमाडौं श्रावण १७ , इमेज न्यूज एफएममा कार्यरत पत्रकार संदीय योगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको गाडीले जाम गराएको तस्विर खिचेको अभियोगमा मौखिक रुपमा बर्खास्त गरेपछि उनको पुर्नवहालीका लागि आन्दोलित इमेजकर्मीहरुको भेला रोक्न व्यवस्थापनले प्रहरी प्रशासन परिचालन गरेकोमा इमेजकर्मी अधिकार संरक्षण समितिको गम्भीर 11798370_996023117114435_848177555_npress release (2)ध्यानाकर्षण भएको जनाएको छ ।
समितिले आज जारी विज्ञप्तिमा सोमबारका लागि आह्वान गरेको भेला रोक्न आइतबार बिहानैदेखि व्यवस्थापनले इमेज परिसरमा प्रहरी परिचालन गरी स्थितिलाई तनावग्रस्त बनाउन खोज्नु खेदको विषय भएको भन्दै श्रमजीवी पत्रकारको आन्दोलन दबाउन व्यवस्थापनको तर्फबाट गरिएको यस किसिमको । व्यवाहरको घोर भत्सर्ना गरिएको छ ।
साथै आन्दोलन दवाउँने कार्यमा नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका इमेज न्यूज एफएमका संचालक÷मालिक महेन्द्र विष्टले राज्य सत्ताको गुहार गरी श्रमजीवी पत्रकारको आन्दोलन दबाउन भूमिका खेलेर सिंगो श्रमजीवी पत्रकारहरुलाई लज्जित नबनाउँन र शान्तिपूर्ण आन्दोलनलाई दमन गरी श्रमजीवीको अधिकार खोज्न उद्यत नहुन विष्टसँग आग्रह समेत गरिएको छ ।

यसैवीच अख्तियार दुरुपयोग अनसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की जाममा परेको फोटो खिचेपछि गैरकानुनी रुपमा इमेज च्यानलबाट निष्काशित पत्रकार सन्दीप योगीलाई कोटेश्वरस्थित खाजाघरमा खाजा खाइरहेको बेला अपरान्ह ४.३० बजे अज्ञात समुहले सांघातिक हमला गर्दै जहाँ भेट्यो त्यही हत्या गर्ने” धम्की दिएको पत्रकार योगी द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा तत पश्चात पत्रकार योगीले आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न र जीउज्यानको रक्षा गरी पाऊ भनी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा निवेदन दर्ता गराएको जनाएको छ ।