बिहिबार, बैशाख १३, २०८१

पत्रकार धमलामाथि भएको आक्रमणको युनियनद्दारा भत्सर्ना

काठमाडौं श्रावण ३१,   मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपालसहित मधेसवादी केही दल र जनजातिले आह्वान गरेको बन्दका क्रममा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलालाई संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले आइतवार विहान Nepal-Press-Union_20140908050041आक्रमण गरेको घटनाले नेपाल प्रेस युनियनलाई गम्भिर बनाएको युनियनद्दारा आज जारी विज्ञप्तिमा जनाएको छ।

त्यस्तै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा नेपालवाणी नेटवर्कको कार्यक्रम बाणी बहस संचालन गरेर फर्किने क्रममा आफ्नै सवारी साधनमा रहेका धमलालाई बन्दकर्ताले वीर अस्पताल अगाडी आक्रमण गरेको उल्लेख गर्दै पत्रकारमाथि आक्रमण गर्ने संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता र उनीहरुको नेतृत्व गरिरहेका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ स्वयंको संलग्नता हुनुले थप गम्भिर बनाउँनुको अलावा सिङ्गो प्रेसमाथिको आक्रमण भएको ठहर गर्दै युनियनले आक्रमणको निन्दा गरेको छ।