शुक्रबार, बैशाख ७, २०८१

न्यूनतम पारिश्रमिक लागु गर्न समितिको माग

काठमाडौ श्रावण १७, न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष पोषण केसीको नेतृत्वमा गएको समितिका पदाधिकारी मण्डलले आज सञ्चारमन्त्री डा मीनेन्द्र रिजालसँग सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको लागि समितिले सिफारिस गरे अ नुरुपको न्यूनतम पारिश्रमिकलाई लागू गर्न अनुरोध गरेका छन ।

स्मरण रहोस समितिले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारका लागि न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० सिफारिस गरेको छ । अन्य कर्मचारी र कामदारका हकमा भने समितिले न्यूनतम रु १४ हजार ४०० निर्धारण गर्न सिफारिस गरेको छ भने प्रतिष्ठानमा कार्यरत का पत्रकारका लागि रु १४ हजार १०० र त्यस्ता प्रतिष्ठानका कर्मचारी तथा काम दारको हकमा रु १२ हजार ५०० न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ । स्ट्रिन्जरको हकमा भने साविकको दरमा ५० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ ।

त्यस्तै त्यस अवसरमा समितिको आग्रह अनुरुप न्यूनतम पारिश्रमिकसम्बन्धी सुझावलाई लागू गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी मन्त्री डा रिजालले दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु