शुक्रबार, चैत्र १६, २०८०

ने.वि.संघमा शुद्धिकरण अभियान सुरु

काठमाडौं श्रावण २०,  अनियमितता, विद्यार्थीहरुलाई संगठन प्रति वितृष्णा पैदा गराउने काम भैरहेकाले नेपाल विद्यार्थी संघ भित्र शुद्धिकरण अभियान थालनि गरिएको हो । नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभाषद रन्जित कर्णले मनोमानि ढंगबाट नेपाल विद्यार्थी nsu1[1]संघ नेपाल इन्जिनियरीङ्ग कलेज इकाइ समिति भङ्ग गरि आफै नया अध्यक्ष तोके पछि आक्रोशित विद्यार्थीले कर्णलाई कालोमुसो दलेका थिए । उक्त घटनापछि कर्णले विद्यार्थीलाई ज्यानमार्ने उद्योगपोखरा विश्वविद्यालय नेपाल विद्यार्थी  संघ केन्द्रीय समितिले आजबाट शुद्धिकरण अभियान थालनि गरेको छ । संगठन भित्र टिके प्रथा, आमा मुदा समते चालएका थिए तर सरकारी वकील कार्यालय काठमाडौंले उक्त मुदा ज्यानमारा उद्योग हुन नसक्ने भन्दै मंगलवार खारेज गरेपछि नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयले बुधवार देखि शुद्धिकरण अभियान थालनी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

उक्त घटनामा दोषि वनाइएका भूपेन्द्र श्रेष्ठ २१ दिन जेल बसेर रिहा भएका छन् भने त्यस्तै आनन्दश्री न्यौपाने र जीवन केसी ५ दिन जेल बसेर रिहा भएका हुन् । नेपाल विद्यार्थी संघले आज शुद्धिकरण अभियानको -यालि निकालेर सम्पर्क कार्यालय पुतलिसडकमा कोडसभा गरि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कोडसभामा वोल्दै भूपेन्द्र श्रेष्ठले भने सामान्य नियम कानुन नजानेका मान्छे सभाषद हुदा दुःख लाग्यो, रन्जीत कर्ण प्रवृति विरुद्ध बुलन्द भएर अगाडी बढ्न आवहान समेत गरे ।

त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ शुद्धिकरण अभियान कार्यक्रमका सभापति एवं ने।वि।संघ पोखरा विश्वविद्यालय केन्द्रिय समितिका अध्यक्ष नवराज त्रिपाठीले भने रन्जितलाई ३ वर्ष अध्यक्ष मान्नु पर्दा शर्मीन्दा भएका छौ, अवको लडाई रन्जीतथ कर्ण संग नभइ रन्जीत कर्णलाई जोगाउने पाटीका नेताहरु संग भएको वताए । उनले अगाडी थपे संगठन पूर्ण लोकतान्त्रीक बाटोमा नहिडे सम्म अभियान जारी रहने छ । कार्यक्रममा विभिन्न क्याम्पसका ने।वि।संघ अध्यक्ष एवं स्ववियू सभापतिहरुको उपस्थिति रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।