बिहिबार, चैत्र १५, २०८०

निजी क्षेत्रका प्रकाशन तथा प्रसारण क्षेत्रमा क्रियाशील संस्थाबीच एकीकरण

काठमाडौ भाद्र १,  निजी क्षेत्रका प्रकाशन तथा प्रसारण क्षेत्रमा क्रियाशील सञ्चार उद्यमीहरूको संस्था नेपाल मिडिया सोसाइटी र टेलिभिजन 12132ब्रोडकास्टर्स नेपालबीच एकीकरण भएको छ । एकीकरण पछि अव नयाँ संस्थाको प्रारुपमा  मिडिया सोसाइटी नेपाल अस्तित्वमा आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सोसाइटीका अध्यक्ष कैलाश सिरोहियाको अध्यक्षतामा गठित २० सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भाष्करराज राजकर्णिकार (एभिन्युज टेलिभिजन) तथा राजु कँडेल (माउन्टेन टेलिभिजन( रहेका छन भने महासचिवमा शुभशंकर कँडेल (एबीसी टेलिभिजन), सचिवमा मदन लम्साल (आर्थिक अभियान दैनिक) र कोषाध्यक्षमा शिशिर भट्ट (कारोबार दैनिक) रहेको जारी विज्ञप्तिमा उल्लेख छ।