शुक्रबार, बैशाख १४, २०८१

नक्कली भूकम्प पिडितले राहत रकम र परिचयपत्र फिर्ता गरे

काठमाडौं भाद्र ५, गत बैशाख १२ गते गएको महाभूकम्पका क्रममा पिडितका लागि भन्दै काभ्रेपलाञ्चोक जिल्लामा राहतस्वरुप बाँडिएको रु १५ हजार लिने नक्कली भूकम्पपीडितका सम्बन्धमा स्थानीय प्रशासनमा उजुरी परेपछि त्यस्ता नक्कली पिडितउपर कारवाही हुने भएपछि money-220x150राहतस्वरुप लिएको रकम र परिचयपत्र धमाधम फिर्ता गर्ने क्रम बढेको प्रशाासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई उदृत गर्दै प्राप्त समाचारमा नक्कली भूकम्पपीडितका नाममा परेका झन्डै ३०० उजुरीमध्ये करिब २०० ले आफूहरुलाई जानकारी नभएर राहत लिएको बताउँदै नगद र परिचयपत्र फिर्ता यसअघिनै फिर्ता गरेको जनाइएको छ ।