शुक्रबार, बैशाख १४, २०८१

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने पूर्ण प्रेस स्वतन्त्रता व्यवहारमै रहेको संविधान जारी गर्न प्रतिबद्ध छु

काठमाडौ श्रावण २५, नेपाल पत्रकार महासङ्घले संविधानले आज संविधानको मस्यौदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा प्रष्ट नभएको र अझै पनि नियन्त्रण गर्ने प्रावधान कायम नै रहेको भन्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाएका छन ।

Press Matter 25saunमहासंघको ध्यानाकर्षणपत्र बुझ्दै एमाओवादीका अध्यक्ष दाहालले एउटा प्रणालीबाट अर्को प्रणालीमा जाँदा केही न केही प्रतिक्रिया आउनु र जनताले चासो र चिन्ता व्यक्त गर्नुलाई अन्यथा रुपमा नलिन आग्रह गर्दै परिवर्तनलाई स्वीकार गर्न नसक्ने प्रवृत्तिले फैलाउन सक्ने गलत अफवाहलाई रोक्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण खेल्न आग्रह गर्दै सहमतिमा संविधानसभामा पेस भएको मस्यौदामा संशोधन गर्ने प्रशस्त ठाउँ भएकाले र अहिलेनै अत्तालिनु पर्ने अवस्था नभएको बताउँनु भएको छ ।  त्यस्तै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने कुनै पनि व्यवस्था गर्न नहुनेमा आफू प्रतिबद्ध रहेको भन्दै उहाँले महासङ्घले गराएको ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिँदै सच्याउन आवश्यक प्रयत्न गरिने बताउँनु भएको छ ।

सो अवसरमा महासंघ अध्यक्ष विष्टले विगतका संविधानभन्दा पनि पश्चगामी प्रकृतिका यस्ता प्रावधानसहित संविधान जारी भए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएको नमानिने र प्रेसका अधिकार कुण्ठित हुने भएकोले गम्भीर बन्न आग्रह गर्नुभएको थियो ।
यसअघि पनि महासंघले संविधानको मस्यौदाका केही बुँदाहरू बहुअर्थी र प्रेसलाई अंकुश लगाउने गम्भीरखालको भएकोले सञ्चारक्षेत्रका विशेषज्ञ, कानुनविद एवं सरोकारवालाहरूसँग व्यापक छलफल गरी महासंघले तयार गरेको अवधारणा संविधानसभाका अध्यक्ष, संवाद समिति र नागरिक सम्बन्ध समितिका सभापति, सभासदका साथै राजनीतिक दलका नेताहरुलाई प्रत्यक्ष र अभियानमार्फत प्रस्तुत गर्दै सो क्रममा महासंघले संविधानको मस्यौदाको प्रस्तावनाको अतिरिक्त धारा २२ स्वतन्त्रताको हक, २४ आमसञ्चारको हक, ३२ सूचनाको हक, १०७ संघीय संददको विशेषाधिकार, १८६ प्रदेश सभाको विशेषाधिकार र धारा २६८ संकटकालीन अधिकार अन्तर्गत उल्लेख भएको अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी व्यवस्थाका केही बुँदाहरूले व्यापक अर्थ लाग्नेमात्र नभई भविष्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संकुचन लगाउने खतरा रहेको प्रष्ट्याउँदै नयाँ संविधानलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन आग्रह गरेको महासर.घद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै महासंघले भोलि मंगलवार विहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुलाई भेटी महासंघका सरोकारहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको छ ।