बिहिबार, चैत्र १५, २०८०

दोेलखाका ७२ घरपरिवारलाइ राहत सामाग्री

काठमाडौं श्रावण २८,  गण्डकी आवासिय मा.वि लामाचौर पोखराकी पूर्व विद्यार्थी सुश्री सावित्री गुरुङले जिरी नगरपालिका वार्ड नं ७, कलाड. दोलखामा, सामान्य राहतको समेत पहुँच नपुगेका ७२ महिला तथा ज्येष्ठ नागकिलाई ४ लाख ६८ हजार वरावरको जस्ता पाता राहत स्वरुप वितरण गर्नु भएको छ ।  प्रस्तुत राहत प्राप्त गरेसंगै त्यहाका स्थानीय ७२ घरपरिवारका महिला, वालवालिका तथा जेष्ठ नागरीकहरुले सुरक्षित अस्थाई वसोवासको सुविधा प्राप्त भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

रातह सामाग्री वितरण गर्दै कास्की पोखरा घर भै हाल स्थाईरुपमा हङकङ बस्दै आएका सुश्री गुरुङले गत बैशाख १२ गतेको महाभूकम्पका कारण पिडित आम नेपाली दाजुभाईको पिडामा समाहित हँुने लक्ष्यअनुरुप हङकङ निवासी अर्का समाजसेवी निरन्जन गुरुङको विशेष सकृयतामा सो रकम सकलन गरी, दोलखाको जिरीमा आएको वताईन ।

गण्डकी आवासीय उच्च मा.वि, लामाचौर पोखरा पुर्व विद्यार्थी समाजका कास्की, पोखरा प्रतिनिधि  कमल श्रेष्ठले आपत परेको जो जहाँ छ त्यहाबाट सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो भने पुर्व विद्यार्थी समाजका अर्का प्रतिनिधि सूर्य गुरुङले सहयोग कार्यक्रमको सहजीकरण गरेका थिए ।  राहत वितरण समारोहमा जिरी नगरपालिका वार्ड नं ७का ,स्थानिय वुद्धिजिवी टीका वहादुर खड्काले सहयोगीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।