शुक्रबार, बैशाख ७, २०८१

दर्शनको संयोजक्त्वमा एमफोसीे गठन

काठमाडौं भाद्र ४ , अमेरिकी संसदको निर्वाचनमा लडेर एकाएक चर्चामा आएका नेपाली मुलका दर्शन रौनियारको नेतृत्वमा मुमेन्ट फर चेन्ज darsaएमफोसीे गठन भएको छ । बिगत केहि बर्ष देखि नेपालको बिभिन्न भु भागमा राजनीतिक, आर्थिक , सामाजिक , बिकासका लागि सक्रिय रहदैँ आएको एमफोसीेलाई सङ्गठनात्मक रुपमा अगाडि बढाउनको लागि एमफोसी गठन भएको हो ।

एमफोसीको संयोजकमा दर्शन रौनियार हुनुहुन्छ भने सहसंयोजकमा आर.के.शाक्य हुनुहुन्छ । त्यसैगरि सदस्यमा कमानसिंह लामा,पद्मीनी प्रधान, रामलाल श्रेष्ठ, अर्जुन राना, पुष्कर पौडेल, मेनुका राई, जमुना पुरी, हुमनाथ चालिसे, भुपेन्द्र पौडेल, केपी न्यौपाने,शुक्रबहादुर श्रेष्ठ, छायाचन्द्र भण्डारी,फिनु सिंह, गणेश बुढाको नेतृत्वमा केन्द्री तदर्थ समिति गठन भएको छ । त्यसैगरि बैठकले चारवटा उपसमिति गठन गरेको छ । अर्जुन रानाको संयोजकमा युवा परिचालन उपसमिति गठन भएको छ ।

समितिमा गणेश बुढा, विक्रम चन्द, बिवेक अर्याल, विरेन्द्र शाही सदस्य रहेका छन् । पुष्कर पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । सदस्यमा आर.के. शाक्य,भवानी खड्का,भुपेन्द्र कँडेल,कमानसिंह लामा रहेका छन् । त्यसैगरि संचार उपसमितिको संयोजकमा छायाचन्द्र भण्डारी रहेका छन् ,सदस्यमा भुवन के।सी।, जे।बी।बिष्ट रहेका छन् । बैठकले प्रवक्ताको जिम्मेबारी कमानसिंह लामालाई दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु