शुक्रबार, चैत्र १६, २०८०

तीन दिने औपचारिक भ्रमणको लागि भारतका पेट्रोलियम मन्त्री प्रधान आज नेपाल आउँदै

काठमाडौं भाद्र ६, नेपाल र भारतवीचको रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर india-nepal-flag-300x225गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान नेपालको तीन दिने औपचारिक भ्रमणको लागि आज अपरान्ह राजधानी आउँदै हुनुहुन्छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसरा सोमवार उक्त सम्झौतामा हस्ताक्षर हुँने बुझिएको छ । त्यस्तै सम्झौता पछि भोलि नै मन्त्री प्रधान र बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाबीच द्विपक्षीय भेटवार्ता हुने जनाएको छ ।