शनिबार, बैशाख ८, २०८१

टीकापुरको घटनामा संलग्न थारुहटका स्थानीय कार्यकर्तालाई पक्राउ

काठमाडौं भाद्र ९ , टीकापुरमा सोमवार भएको विभत्स हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति आज केही सामान्यकरण भएको प्राप्त भएको समाचार प्राप्त भएको छ ।  राज्यले शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन सेना र प्रहरीको गस्ती परिचालन गरिएपछि त्यहाँको kailali_district_mapस्थिति सामान्य बन्दै गएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसअघि स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगर क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्दै टीकापुर र आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको थियो ।

यसैवीच घटना पछि परिचालित प्रहरीले हिंसात्मक घटनामा नियोजितरुपमा संलग्न भएको भन्दै छानबिनका लागि थारुहटका केही स्थानीय कार्यकर्तालाई पक्राउ गरेको बुझिएको छ । सेना र प्रहरीको टोलीले जोशीपुरका सुन्दरलाल चौधरी, झपटनारायण कुस्मी, खडक चौधरी, प्रेम चौधरी, मुनुवाका रामचन्द्र चौधरी, नारायणपुरका रामजनम चौधरी, मुनुवाका सुन्दर कठरिया, दीलबहादुर चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया र हरिनारायण चौधरीलगायतलाई छानबिनका लागि पक्राउ गरेको सुरक्षा निकायको उच्च स्रोतलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख रहेको छ