शनिबार, बैशाख ८, २०८१

जनजाति महासंघद्दारा आव्हान बन्दको पहिलो दिन जनजीवन प्रभावित, केही सवारी साधनमा तोडफोड , बन्दकर्ता  पक्राउ

काठमाडौं भाद्र ६, संविधानको जारी मस्यौदाले आदिवासी जनजातिको मुद्धा सम्वोधन नर्गनुको अलाव विगतमा भए गरेका सहमतिहरु समृतको उपेक्षा लत्याइएका भन्दै नेपाल आदिवासी जनजाति महासंघद्दारा आज र भोली आव्हान गरेको दुइ दिने नेपाल बन्दको कारण imagesकाठमाडौं उपत्यकासहित देशभरको जनजीवन कहि आशिक त कहि पूर्ण प्रभावित भएको समाचार प्राप्त भएको छ ।

राजधानीमा भो नीजि सवारी साधन केही चले पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट मात्र गुडेको छ भने शहरका मुख्य बजारहरु बन्दरहेका छन् । त्यस्तै जबरजस्ती बन्द गराउने केहीलाई राजधानीको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ भने बौद्ध, कलंकी क्षेत्रमा केही सवारी साधनमा तोडफोड भएको पनि हाम्रा सहकर्मीहरुले टेलिफोन सम्पर्कमा जानकारी दिएका छन ।