बिहिबार, बैशाख १३, २०८१

यस्तो छ भक्तपुरको गाइजात्रामा मौलिकता र मार्मिकता

काठमाडौ भाद्र १४ , एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्मालेशान्ति पाउँन र धार्मिक दस्तावेजमा व्याख्या भएजस्तै गाईको पुच्छर समातेर वैतर्णी तर्दै

anup_20150830_13

anup_20150830_9 anup_20150830_7 anup_20150830_5 anup_20150830_4 anup_20150830_3 anup_20150830_2 स्वर्ग जानू भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिन मनाईने गाईजात्रा पर्वको रौनक भक्तपुरमा बेग्लै किसिमको रहेको छ । गाईजात्रा पर्वको क्रममा त्यस क्षेत्रमा प्रदर्शन गरिने ताहामचा होस वा  घिनीताङग घिनीताङग घिन्ताङग किसित्वाङ यसले वोकेको मौलिकता र मार्मिकताले सवैको ध्यानाकर्षन गरेको सहजै बोध गर्न सकिन्छ ।
हुनत मृत आत्माको मोक्षका लागि निकालिने गाइजात्रा पर्वले भाव विवहल पक्षलाइ सम्बोधन गरेको भए पनि यसवीचमा भक्तपुरमा प्रदर्शन गरिने जात्रामा समावेस गरिएको व्यङगात्मक पक्षका कारण जात्रामा थप रौनकता थपिएको हो । जात्राको क्रममा त्यहाँका विभिन्न घर तथा टोलबाट निकालिएको जात्रा त्रलमस दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ,नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, वंशगोपाल, इताछेँ र खौमाको परिक्रमा गराउने गरिन्छ ।

त्यस्तै सात दिन सम्म मनाइने प्रस्तुत जात्राको पहिलो दिनको जनत्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर पुगेर समापन गरिने प्रचलन रहेको छ ।