शुक्रबार, चैत्र १६, २०८०

घाँसी नेपालले तीन सयवटा भूकम्प प्रतिरोधी कक्षा बनाउँने

भर् जन्म घाँस तिर मन् दिई धन कमाया,  नाम क्यै रहोस पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।  

काठमाडौ श्रावण ३०,  आफ्नो कार्यक्षेत्रमा एक जुझारु तथा मेहनती र गरिब किसानको आर्दशलाई आत्मासात गर्दै अविराम शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा क्रियाशील रहदै आएको संस्था घाँसी आदर्श समाज नेपालद्दारा गत बैशाख १२ को महाभूकम्प बाट क्षतिग्रस्त भूकम्प anup_20150814_2 anup_20150814_3 anup_20150814_4प्रभावित १४ जिल्लाका विभिन्न विद्यालयको पहिचान गरि अबका तीन वर्षमा मा तीन सय वटा भूकम्प प्रतिरोधी कक्षा बनाउँने भएको छ ।

राजधानीमा शुक्रवार शिक्षामन्त्री चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष कार्यक्रमका वीच संस्थाद्दारा यस्तो घोषणा गरेको हो ।  त्यस्तै कार्यक्रममा मन्त्री यादवले अहिलेको जस्तो विपद् व्यवस्थापनका बेला सबैको सक्रियता र सहयोगले मात्रै शिक्षा क्षेत्रले गुणस्तरीयता हासिल गर्न सक्ने बताउँदै संस्थाको लक्ष्य आफैमा महत्वपूर्ण भएको अभिव्यक्ति सहित घाँसी नेपालले जस्तै शिक्षा क्षेत्रमा लगानी गर्न अन्य दातासँग पनि आग्रह गर्नुभएको थियो ।

घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मेघाबैकका सिइयो अनिल केशरी शाह , नायक राजेश हमाल लगाउतका वक्ताहरुले भूकम्पले निम्त्याएका समस्यालाई अवसरका रुपमा आत्मासात गर्दै हातमा हात मिलाउँदै भोलीका कर्णधारका रुपमा पहिचान गरिएका वालवालिकाका निम्ति आवश्यक पूर्वाधार निमौण गर्नु आफैमा महान अभियान धएको बताउँनु भएको थियो । त्यसअवसरमा संस्थाका अध्यक्ष घिमिरेले महाभूकम्पको क्रममा अनुभूत गरेको घटनाक्रमलाई समेटेर रचना गरेको गीतिसङ्ग्रह साथीको म्युजिक भिडियोको पनि विमोचन गरिएको थियो ।