मङ्लबार, बैशाख ११, २०८१

गोर्स्याङ गाविसमा गएरातीको गएको पहिरोमा परी पाँचजनाको मृत्यु

तत्काल वस्ती सार्नुपर्नेमा सभासद केसीको जोड

काठमाडौं भाद्र ११,  गएराती राति परेको अविरल वर्षाका कारण नुवाकोटको गोर्स्याङ गाविस–२ गएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार गोर्स्याङ गाविसमा पहिरोबाट दुईवटा घर पुरिदा २५ वर्षीय सोमबहादुर तामाङ , ४४ वर्षीय सुकुमाया तामाङ, ३६ वर्षीय फुल्कुमाया nuwakot-jilla-final1417तामाङ, १२ वर्षीय केशब तामाङ र ८ वर्षीय पूर्णबहादुर तामाङको मृत्यु भएको जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयबासिन्दाले उद्धारको प्रयास गरिरहेको भए पनि पहिरो गइरहेका कारण उद्धारमा कठिनाई भएको बताईएको छ । त्यस्तै नुवाकोटका कांग्रेस सभापति एवम् सभासद जगदिश्वरनरसिंह केसीले गोर्स्याङ गाविस–२ का वस्ती अझै पहिरोको जोखिममा रहेको र तत्काल वस्ती अनेत्र नसारिए ठूलो मानवीय क्षती हुने संभावना रहेको बताउँदै पहिरो पिडीत परिवारको राहत र उद्धारका लागि सरकारले तुरुन्तै कदम चाल्नु पर्नेमा जोड दिनु भएको छ ।