बिहिबार, बैशाख ६, २०८१

गाईजात्रा पर्व मनाइयो

काठमाडौ भाद्र १३,   उपत्यकामा आज मृत आत्माको स्मृति एवम् चिरशान्तिको गर्दै आज गाईजात्रा पर्व मनाइएको छ । गाइजात्रा पर्वको अवसरमा बिहानदेखि IMG_3445sjh_event_ gaijatra_kirtipur_2071 copy IMG_3783sjh_event_ gaijatra_bhaktapur_2071 copy IMG_3563sjh_event_ gaijatra_kirtipur_2071 copyराजधानीको बसन्तपुर दरवार क्षेत्र र हनुमानढोकामा गाईलाई सिँगारी नगर परिक्रमा गर्नेको भीड लागेको थियो ।  तत्कालीन मल्लराजा प्रताप मल्लले सुरु गरेको यो जात्रामा एक वर्षभरि मृत्यु भएका आफन्तजनको सम्झनामा केटाकेटी र गाईलाई सिँगारी काठमाडौँको सहर घुमाइएको थियो भने भक्तपुरमा पनि राम्रै रोनक देखिएको थियो ।

काठमाडौँका ठाउँठाउँमा बाटामा उभिएका मृतकका आफन्तजन तथा श्रद्धालुहरूले पहेँलो वस्त्र लगाएका केटाकेटीलाई दूध, फलफूल, रोटीका साथै अन्य परिकार खुवाइरहेका थिए । यस पटक यसरी खाद्यवस्तु लिन खोज्ने साधु, जोगी र बरालिएर हिँड्ने बालबालिका अधिक रुपमा देखिन्थ्यो । कतिपयले बाजागाजासहित गाईजात्रा निकालेका थिए । त्यस्तै आजै नेवार समुदायका मानिस ‘बहि द्यः अर्थात दीपंकर बुद्धको दर्शन गर्न काठमाडौँका विहार विहार घुम्छन् । यो क्रम केही दिनसम्म जारी रहन्छ । IMG_3610sjh_event_ gaijatra__kirtipur2071 copy