बिहिबार, बैशाख १३, २०८१

गच्छदारको फरक मतकावीच शिर्ष नेतृत्वको बैठक ७ सङ्घीय प्रदेश बनाउँने सहमति

काठमाडौ भाद्र ४ नेपाली काँग्रेस, नेकपा(एमाले) एमाओवादी र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का शीर्ष नेताहरुवीच sushil-kp-prachanda-bijayaसंविधानका विवादित सवालमा सहमति बनाउँन सिंहदरबारमा आज बसेको बैठकले ७ सङ्घीय प्रदेश बनाउने सहमति गरेको छ ।

यसअघि ६ प्रदेशमा सहमति बनाएका प्रमुखदलका नेताहरुले यत्र तत्र सर्वत्र क्षेत्रबाट आफ्नो जिल्लालाई विभाजन नगरि अखण्ड राख्न दवावस्वरुप विरोधका कार्यक्रम सुरु गरेपछि प्रस्तावित ६ प्रदेशलाई संसोधन गर्दै  २ नं प्रदेशमा रहेको पर्साको ठोरी गाविसलाई ३ नं प्रदेशमा समावेश गर्नुको अलावा हुम्ला कर्णाली नदीको पूर्वी भागलाई ६ नं प्रदेश र पश्चिम भागलाई ७ नं प्रदेश कायम गरि ७ सङ्घीय प्रदेश बनाउने सहमति गरेको हो ।

प्रस्तुत सहमतिमा फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको भने  ७ प्रदेशको प्रस्ताव विशेष गरी थारु जातिको पहिचानलाई नै समाप्त गर्ने गरी ल्याइएको भन्दै फरक मत राख्नु भएको छ । प्रदेश नं १, ३, ४ र ५ प्रदेश भने पूर्वसहमतिअनुसार नै यथावत् राखिएको छ ।

यद्यपी  प्रमुख दलका शीर्ष नेताबीच धर्म, थ्रेसहाल्ड  र सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा  छलफल जारी रहे पनि सहमति हुन सकेको छैन ।