शनिबार, बैशाख ८, २०८१

खोलामा डुबेर एक बालकको ज्यान गयो

काठमाडौं श्रावण ३२, रौतहटको सन्तपुरमा खोलामा डुबेर आईतबार एक बालकको ज्यान गएको छ । सन्तपुर दोस्तिया–१ मा रहेको अडुवा rautahat_districtखोलामा डुबेर त्यही ठाउँका ललित प्रसाद कलवारका ४ वर्षका छोरा रोहितको ज्यान गएको प्रहरीले जनाएको छ ।बालक डुबेपछि बुबा ललित प्रसाद कराएका थिए । डुबेको केही बेरमा नै बालकलाई निकाले पनि बचाउन नसकेको गाउँलेले बताएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।