शुक्रबार, चैत्र १६, २०८०

कीर्तिपुरमा आज बाघभैरव जात्रा मनाइँदै

काठमाडौ भाद्र १, उपत्यकाकमा मनाईने प्राचीन जात्रामध्येको एक महत्वपूर्ण बाघभैरव जात्रा कीर्तिपुरमा आज मनाइँदै छ । कीर्तिपुरवासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको भाद्र १ गते सङ्क्रान्तिका दिन मनाउने प्रचलन छ । कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरमा लाग्ने जात्रा  अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी मनाईने गरिन्छ ।

बाimagesघभैरवका सम्बन्धमा प्राप्त एक आख्यान  अनुसार  स्थानीय गाईपाल्ने गोठाला त्यहाँको जङ्गलमा पशु चराउन जान्थे । एक दिन गोठालाले माटाको खेलौनाका रुपमा बाघ बनाएछन् । त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई त्यसले चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ । गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैँ आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र मुखमा जिब्रो पनि राखेनछन् । त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ ।