बिहिबार, बैशाख १३, २०८१

कालाचा खोलाले बच्चा बगायो

भक्तपुर भाद्र ९ , भक्तपुर नगरपालिका–६ सूर्यविनायकस्थित कालाचा खोला किनारामा खेल्दै गरेका सीता डङ्गोलको पाँच वर्षका छोरा download (2)कृष्ण डङ्गोललाई खोलाले बगाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गएराती परेको अविरल वर्षाका कारण खोलामा बढेको बाढीले आज पाँच वर्षको बालक कृष्ण डङ्गोललाइ  बगाएलगत्तै प्रहरीले व्यापकरुपमा हनुमन्ते खोला सूर्यविनायकदेखि बालकोटसम्म खोजी गर्दा पनि बालक फेला नपरेको बुझिएको छ । यसअघि पनि हनुमन्ते खोलाले पनि एक बालकलाई बगाएको थियो । खोलामा बेपत्ता शिवाचार्य पनि अझै भेटिएका छ्रैनन् ।