शनिबार, बैशाख ८, २०८१

कामपा र साझा यातायातवीचको सहकार्यमा ‘सिटी बस’ सञ्चालन गरिने

  काठमाडौं श्रावण  २६,  उपत्यकाको अव्यवस्थित र अस्तव्यस्त सहरी यातायातलाई व्यवस्थित बनाउन तथा हालै चौडा भएका सडकलाई वातावरण मैत्री बनाउन ठूला सहरी बस सेवा सञ्चालन गर्नकालागि काठमाडौं महानगरपालिकाकाले साझा यातायातवीच आज सम्झौता भएको छ ।
11874073_10203163591769343_2038729188_n 11872871_10203163591569338_1536022995_nसार्वजनिक यातायातको सेवा, प्रयोग गर्ने सेवाग्राही यात्रुहरुलाई सार्वजनिक यातायातमा सुविधा दिने, सहरी अर्थतन्त्रलाई बढावा दिने र सेवालाई विश्वसनीय बनाउने उद्देश्यले प्रस्तुत सम्झौता भएको जानकारी दिदै महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र साझा यातायातका निर्देशक कनकमणि दीक्षितले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार महानगरपालिकाले छ महिनाभित्र रु १० करोड लगानी गरी सुविधासम्पन्न बस खरिद गरी साझा यातायातलाई सञ्चालन गर्न स्वामित्व प्रदान गर्नेछ ।
त्यस्तै गरि कामपा प्रमुख तामाङले महानगरको सवारी यातायातलाई व्यवस्थित तथा रात्रिकालीन बस सेवा सञ्चालन गरी सर्वसाधारणलाई सेवा सुविधा उपलब्ध गराउन साझासँग सहकार्य गरिएको बताउँदै बसको बाटो इजाजत (रुट) लगायतमा आपसी समन्वय, सेवाको अनुगमन तथा मुल्याङ्कनकालागि दुवै पक्षको अधिकृत स्तरको कर्मचारी रहने गरी सहरी बस सञ्चालन परार्मश समितिको गठन गरिनेछ । बसहरु आयात गर्दा लाग्ने कर, भ्याट तथा भन्सार छुटकालागि नेपाल सरकार समक्ष अनुरोध गर्ने जानकारी दिनु भएको थियो भने साझा यातायातका निर्देशक दीक्षितले बसमा दुवै पक्षको सहकार्य भएको पहिचान हुने गरी सन्देश प्रवाह गरिने बताउँदै सेवा नियमित सञ्चालन गर्न तथा सेवालाई आर्थिक, पर्यटकीय तथा धार्मिकस्थलमा समेत पु¥याउन आफ्नो संस्थाले सहयोग गर्ने जानकारी दिनुभएको थियो । पूर्वमुख्यसचिव लीलामणि पौड्याल समेतको उपस्थिती रहेको उक्त सम्झौता कार्यक्रममा पूर्वमुख्यसचिव पौड्याले काठमाडौँ उपत्यकालगायत अन्य स्थानीय निकायले सहरी बस तथा अन्तर सहरी बसमा लगानी गरी सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।