शनिबार, बैशाख ८, २०८१

काँग्रेस महाधिवेशनको कार्यतालिकामा हेरफेर

काठमाडौं श्रावण १६, नेपाली काँग्रेसको आगामी १३ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा nepali-congress-600x330आज बसेको काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक पछि १३ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो । संविधानको प्रारम्भिक मस्यौदामाथि देशभरबाट जनताले दिएको सुझावपछि सिर्जना भएको अवस्थालाई सम्बोधन गर्न आज बसेको संयुक्त बैठक सकिएलगत्तै सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि घोषित असोज २ देखि ५ गतेसम्म हुने राष्ट्रिय महाधिवेशन नसार्ने गरी गाउँ, नगर वडा, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनको पुनःसंयोजन गरी नयाँ कार्यतालिका बनाएको हो ।

नयाँ कार्यतालिका अनुसार भदौ १७ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गर्ने, २२ गते २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने र २५ गते ७५ जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ । यसअघि केन्द्रीय समिति बैठकले गाउँ, नगर वडा र नगर अधिवेशन भदौ १, क्षेत्रीय अधिवेशन ७ र जिल्ला अधिवेशन १० गते गर्ने तथा राष्ट्रिय महाधिवेशन असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय गरेको थियो ।