मङ्लबार, बैशाख ११, २०८१

काँग्रेस नेत्री श्रेष्ठद्दारा आफ्नो घर सहित नगद रु दुई करोड सहयोग

 काठमाडौं भाद्र ३ ,  पूर्व सांसद मैयादेवी श्रेष्ठले चितवनको भरतपुर उपमहानगरपालिका–३ स्थित आफ्नो नाममा रहेको घर सहित नगद रु दुई करोड मैयादेवी ट्रष्टलाई हस्तान्तरण गर्नुभएको छ । शिक्षा मन्त्री चित्रलेखा यादवको प्रमुख आतिथ्यमा बुधवार आयोजित एक Maiya-Devi-Shresthaकार्यक्रमकावीच उहाँले घरको लालपुर्जा र चेक ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । त्यस्तै त्यस अवसरमा श्रेष्ठले नेपाल प्रेस युनियन चितवनको भवन निर्माणका लागि भरतपुरमा जग्गा दिने घोषणा पनि गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री यादवले श्रेष्ठको व्यक्तित्व दानी सवभावको सम्बन्धमा ा चर्चा गर्नुभएको उक्त कार्यक्रममा काँग्रेसकी नेत्री सुजाता कोइराला, ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठ चितवन काँग्रेसका सभापति टेकप्रसाद गुरुङ, संविधानसभा सदस्य रामकृष्ण घिमिरे, लगायतले बोल्नुभएको थियो । त्यसो त नेपाली काँग्रेसको मुख्यालय र चितवन काँग्रेसको भवन निर्माण गर्न समेत जग्गा दान गर्नुभएको थियो ।