मङ्लबार, बैशाख ११, २०८१

काँग्रेसद्वारा प्रधानप्रति समवेदना

काठमाडौ श्रावण २०, नेपाली काँग्रेसको तर्फबाट २०५६ को आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका पूर्वसांसद तथा पार्टीका नेता सूर्यप्रसाद प्रधानको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको nepali-congress-600x330चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

मुख्यसचिव ऋषिकेश तिवारीले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रधानको निधनबाट एक कुशल सङ्गठनकर्तालाई गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दैै काँग्रेसको सङ्गठनमा उहाँले पु-याउनुभएको योगदान सदा स्मरणीय रहिरहनेछ भनिएको छ ।

काँग्रेसको महासमिति सदस्यसमेत रहनुभएका स्व प्रधान उच्च रक्तचाप र मधुमेहको बिरामी हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या भएपछि मङ्गलबार राति लुम्बिनी अञ्चल अस्पतालमा उहाँलाई उपचारका लागि लगिएको थियो ।