बिहिबार, बैशाख १३, २०८१

काँग्रेसको आसन्न १३औं महाधिवेशन फेरि स्थगन हुँने निश्चित

  • संविधान निर्माणको विशिष्ट परिस्थितिलाई कारण मान्दै बाधा अड्काउ फुकाउको सहयोमा

महाधिवेशन सार्ने सम्बन्धमा नितिगत छलफल

काठमाडौं श्रावण ३०, नेपाली काँग्रेसको आसन्न १३औं महाधिवेशन फेरि पनि सर्ने प्राय लगभल निश्चित भएको छ । संविधान निर्माणमा व्यस्तताका कारण महाधिवेशनको तयारी गर्न नसकिएको भन्दै आगामी २ देखि ५ असोजसम्म हुने तय भएको महाधिवेशन तत्काललाई nepali-congress-600x330स्गथन गर्ने तयारी भईरहेको बुझिएको छ ।
त्यस्तै मुलुकको सासनसत्ता समेत सम्हाल्दै आएका काँग्रेसका शीर्ष नेताहरू संविधान निर्माणमा व्यस्त हुँनु परेको मात्र नभइ महाधिवेशनको तयारी अर्थात पार्टी भित्र विद्यमान क्रियाशील सदस्य विवाद सम्बोधनमा चुकेका कारण पटक पटक महाधिवेशनको लागि आवश्यक प्रक्रियागत र व्यवस्थापकीय तयारी लाग्न नसकेकाले आसन्न प्रस्तावित मितिमा समेत सम्पन्न गर्न नसक्ने स्थितीमा पुगेको स्रोतको दावी रहेको छ ।
फरुवरुप यसपटक पनि काँग्रेसवृतमा प्रस्तावित महाधिवेशन मिति सार्नेगरी छलफल भईरहेको थाहा भएको छ । तर मुलुकका अन्तरिम संविधानले कुनै पनि राजनीतिक दलले पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपेर्ने संवैधानिक व्यवस्था अनुरुप अवको प्रस्तावित मितिमा पनि आसन्न महाधिवेशन गर्न नसके स्वभाविक रुपमा नियमित चारवर्षे कार्यकाल र थपिएको एकवर्षे अवधि सिध्याइसकेको कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिन्छ ।

तर कांग्रेस पदाधिकारीको हालै बसेको बैठकले संविधान निर्माणको विशिष्ट परिस्थितिलाई कारण मान्दै बाधा अड्काउ फुकाउको सहयोमा महाधिवेशन सार्ने सम्बन्धमा नितिगत छलफल भएको र संविधान निर्माणको यस अवधीमा महाधिवेशनमा अलमलिनु नहुँने भन्दै महाधिवेशन स्थगन गर्नु पर्ने पक्षमा आफनो अभिमत प्रस्तुत गरेको कांग्रेसका सम्बद्ध स्रोतले जनाएको छ ।  स्मरण रहोस भाद्र १५ मा संविधान जारी भए पनि १७ गतेदेखिको गाउँ, नगरको अधिवेशन गर्न नसकिने काँग्रेसका जिम्मेवार नेताहरुको ठहर रहेको छ । साथै आश्विनमा दसैँ, तिहार, छठजस्ता चाडपर्व पर्ने भएकाले कात्तिकपछि मात्र महाधिवेशन गर्नु पर्ने निष्कर्षमा काँग्रेस पुगेको बताइन्छ ।