शुक्रबार, बैशाख १४, २०८१

उपप्रम सिंहद्दारा बिपी गणेशमान स्मृति भवनको शिलान्यास

काठमाडौ श्रावण १७,  नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको विद्यालय पुनः निर्माण अभियानअन्तर्गत राजधानीस्थित विश्वनिकेतन उच्च मावि, त्रिपुरेश्वरमा निर्माण गरिन लागेको ५ कोठे ‘बिपी गणेशमान स्मृति भवनको आज एक कार्यक्रमकावीच उपप्रधानमन्त्री 11831636_10153518931987329_974932664730410703_nप्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ ।  संघले भूकम्प प्रतिरोधात्मक एवम् एसिया च्यारिटेबल ट्रस्ट, मञ्चन नेपाल र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीको रु १५ लाखको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो ।

काँग्रेसका महामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री सिंहले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पबाट क्षति भएका विद्यालयहरूमा नेपाल विद्यार्थी सङ्घले सहयोग गरेकोमा धन्यवाद सहित अस्थायी कक्ष सञ्चालन भइरहेको यस विद्यालयमा अब स्थायी रूपमा कक्षा कोठामै पढाइ सुरु हुने विश्वास व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा सभासद् अशोक कोइराला, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णलगायतले त्यसअवसरमा भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालयको पुनः निर्माणमा सबै समुदाय लाग्नुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।