बिहिबार, बैशाख १३, २०८१

उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौं श्रावण २१, गुरुपूर्णिमा तथा नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय, काठमाडौं अन्तर्गत सञ्चालित नोदन रोभर रेञ्जर क््रयूको Untitled-1तेश्रो वार्षिकोत्सवको उपलक्ष्यमा राजधानीस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत निम्न आर्थिक स्रोत भएका विद्यार्थीहरुलाई निःशुल्क १००० थान कपी कलम वितरण गरिएको छ ।
प्राप्त सहयोगको समुचित सदुपयोग गर्न हामी उत्साहित छौं भनि एक विद्यार्थीले आफुले प्राप्त गरेको सहयोगको बन्डल देखाउदै हामीलाई भने । अर्को वर्षदेखि केही निम्न आर्थिक स्रोत भएका जेहेन्दार उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा सहयोगी संस्थाका सदस्यले सो कार्यक्रममा जानकारी दिनु भएको छ ।