बिहिबार, बैशाख ६, २०८१

आरक्षण सिटको दुरुपयोग कहिलेसम्म ?

IMG_20150414_132016-1 -रविना मर्हजन

अधिकार माग्नु गलत होइन,तर प्राप्त अधिकारको दुरुपयोग गर्नु पक्कै गलत हो। के अधिकार प्राप्त गरेसकेपछी मानवता हराउनै पर्छरु घमण्डीपन बढाउनै पर्छ रु सन्दर्भ हो,सार्वजनिक यातायातका साधनमा व्यवस्था गरिएका महिला तथा अपांङग आरक्षण सिटका । आरक्षण सिट सम्बन्धि व्यवस्था लागू भए पश्चात् केही महिना त महिला सिटमा पुरुष बसेर यात्रा गरिरहेका पनि देखिए। पछि चेतनाभए लगत्तै पुरुष स्वत महिला सिट हो भनी बस्न छाडे। त्यस्तै महिला पनि जानकार हुँदै आए,पुरुष यात्रु महिला सिटमा बसेका देख्ने बित्तिकै उठ्न लगाएर aआफू स्वयंम् बस्ने गरेका पनि देखिए।

त्यति मात्रै कहाँ हो र अपांङग सिटमा सबलांग बसेर यात्रा गरेको पनि देखियो। समयको गति संगै ट्राफिक प्रहरीले निगरानी गर्न थालेपछी सवारी चालक पनि सचेत हुन थाले।जरिवाना तिर्नुपर्ने डरले गर्दा चालक तथा सहचालक नै आरक्षण सिटमा सहि मानिस बसेका छन् कि छैनन् भनी हेर्ने गर्न थाले।नजानेर वा जानाजान अटेर गरि बस्ने पुरुष यात्रुलाई चालकले नै बस्न नहुने कुरा जानकारी गराएका दृश्य पनि देखिए।  आज आएर धेरै हदसम्म महिला तथा अपांग सिटको महत्त्व बुझ्नेको संख्या बढ्न थालेका छन् ।तर विडम्बना,यहाँ अधिकार प्राप्त गर्नेले नै सो आरक्षण सिटको दुरुपयोग गर्ने गरेका छन् ।

भर्खरैको घटना हो यो,एक महिला तीन चार महिनाकी नानी बोकेर बसमा उभिरहनुभएको थियो। म पनि उहाँ सँगै उभिएकी थिएँ।नजिकै कलेज पढ्ने एक किशोरी मोबाइलमा गेम खेल्नमा व्यस्त थिइन् ।मैले सिट सो महिलाका लागि छोडिदिन आग्रह गरेँ तर उल्टै झर्किन थालिन्।अब सोचौं । सो महिला सिट कसका लागि बढी जरुरी त सफा मन भएका दाजुभाइको कमि अझै भएको रहेनछ,पछाडिको सिटमा बस्नुभएका एक दाजुले नानी बोकिरहनुभएकी महिलालाई सिट छोडिदिनुभयो।

लाजै लाग्ने यि र यस्ता मानवीयता विहिन घटना देखिन्छन् , लगभग २३/२४ वर्षकी महिला माइक्रोबस चढ्नुभयो। हेर्दा शिक्षित देख्नुहुने उहाँले महिला सिटमा बसिरहनुभएका एक वृद्ध हजुरबुबालाई ,लौ बाजे यो त महिला सिट हो,उठ्नुहोस् भनेर उठ्न लगाउनुभयो। विचरा बाजे लौरोको सहायतामा बिस्तारै उठ्नुभयो,र छेउमा उभिनुभयो। ओर्लने बेला त आइसकेको थियो नानी भन्दै मुस्कुराइरहनु भयो।तर उहाँको पीडा भरिएको मुस्कुराहटलाई बुझ्ने फुर्सद त्यहाँ कसैलाई थिएन।  हो प्रसंगवस भन्ने पर्छ के अधिकार प्राप्त गर्दैमा हामी महिलाभित्रको मानवीय हराएकै हो ?  के सहि के गलत भन्ने कुरा छुट्याउन नसकेकै हौँ ।

cयस्ता व्यवहार दैनिक जसो प्राय सार्वजनिक यातायातका साधनमा देख्न पाइन्छ।महिला सिटमा महिलै बस्नुपर्छ,गलत होइन।तर कुन महिला वा कस्ता यात्रुहरुका लागी सिटको ज्यादा जरुरी छ भन्ने कुरा बुझ्नु हामी अधिकार माग गर्ने महिला लगायत सवारी चालक तथा सह चालकको दायित्व हो।  महिला आरक्षण सिट खाली हुँदा समेत पु रुष यात्रु बस्न नमिल्ने तर सिट भरिएपछी उभिन गाह्रो भयो भन्दै बसिरहेका पुरुष यात्रुहरुलाई उठ्न लगाएर हामी महिला बस्न खोज्नु अली न्याय संगत नहोला कि अशक्त वृद्ध हजुरबुबा,हजुरआमालाई उभिएर यात्रा गराउन बाध्य गराउने महिलामा चेतना कहिले आउने रु गर्भवती अनि स९साना नानी च्यापेर यात्रा गरिरहेका महिलाहरुका लागि सिट नछोडिकन मस्त भएर मोबाइलमा गीत सुन्ने अनि गेम खेल्ने महिला दिदिबहिनीमा मानवियता कहिले जाग्ने त्यस्तै  आरक्षण सिटमा बसिरहेकी महिलाले खुट्टा टेक्न गाह्रो परिरहेका,बिरामी पुरुष लगायत वृद्ध हजुरबुबाका लागि अधिकारलाई बिर्सेर जिम्मेवारी अनि मानव धर्म निभाउन कोसिस गर्न नमिल्ने हो र ?   परिवर्तन हुनुपर्छ भन्दै ठुला ठुला कुरा गर्ने हामीले,परिवर्तन आफैँबाट सुरु पो गर्ने हो कि प्राप्त अधिकारको मान राखौँ अनि दायित्व पूरा गरेर एक सभ्य नागरिक बनी सभ्य समाज निर्माणमा सहयोग पुर्याऔँ। फोटो: गुगल सर्च