मङ्लबार, बैशाख ४, २०८१

आन्दोलनरत विभिन्न मधेसकेन्द्रीत दललाई प्रमद्दारा वार्ताको लागि पत्राचार

काठमाडौँ भाद्र ९,  प्रधानमन्त्री कोइरालाले शान्तिपूर्ण वार्ताका माध्यमबाट संविधानका विषयमा छलफल गर्न पत्राचार गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले आज साँझ तमलोपा , सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस susil-koirala-430x300समाजवादी पार्टी, मजफो  (गणतान्त्रिक), तराई मधेस सद्भावना पार्टी र थारु कल्याणकारी सभाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, संयुक्त दलित आन्दोलन नेपाल, दलित नागरिक समाज, दलित सभासद् समन्वय समितिलाई पत्राचार गरी वार्ताको लागि पत्राचार गर्नुभएको बुझिएको छ ।

त्यस्तै वार्ताको लागि लेख्नु भएको पत्रमा प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व सम्पन्न गर्ने अन्तिम चरणमा आइपुगेको उल्लेख गर्दै यो ऐतिहासिक क्षणमा संविधानका विषयमा व्यापक जन अभिरुची प्रकट हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया हो भएको र यस्तो महत्वपूर्ण र निर्णायक क्षणमा केही राजनीतिक दल र संस्थाहरु संविधानसभा भित्रको बहस भन्दा संविधानसभा बाहिरको आन्दोलनमा ब्यस्त भएकोमा चिन्ता प्रकट गर्नु भएको थाहा भएको छ ।

त्यस्तै मुलुकमा संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको अवस्थामा आन्दोलनले हिंसा,हत्या र अराजकता निम्त्याउनु कसैका लागि पनि स्वीकार्य र उचित नहने भन्दै उहाँले संविधान निर्माणको प्रक्रियामा शान्तिपूर्ण छलफल र वहसलाई नै महत्व दिंदैसंविधान निर्माणको यो ऐतिहासिक अवसरलाई पारस्परिक संवादको माध्यमबाट परिणाममुखी बनाउन सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु