बुधबार, बैशाख ५, २०८१

आज श्रावणको अन्तिम सोमबार, शिवालयमा ब्रतालुको घुइँचो

काठमाडौं श्रावण ३२,  आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा सुख, शान्ति तथा सौभाग्य एवम् 20150727_anup_1समृद्धिको कामना गर्दै भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो लागेको छ ।  राजधानीको पुशपतिनाथ , सन्तानेश्वर लगायत कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाटमा बिहानैदेखि हरियो बस्त्र र आभूषणमा सजिएका महिला भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।
त्यस्तै काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने बोलवम समूहको पनि त्यतिकै घुइँचो रहेको छ ।  श्रावण महिना महादेवको पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्रेतायुगमा माता पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु