बिहिबार, बैशाख १३, २०८१

आज मधेसी मोर्चाले वार्ताका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै

काठमाडौं भाद्र ११,  संविधान निर्माणका् सवालमा प्रमुखदलहरुवीच मतप्रतिशत सीमा, नागरिकता, संवैधानिक अंगका पदाधिकारीको पुनःनियुक्ति गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकिरहेको अवस्थामा प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग वार्ताको लागि औपचारिकरुपमै पत्राचार गरि सुरु गर्नु भएको प्रक्रियाप्रति संविधान निर्माण प्रक्रियामा असन्तुष्ट  भनिएका  मधेसी मोर्चाले आज वार्ताका विषयमा आफ्नो imagesधारणा सार्वजनिक गर्ने भएको छ ।

सरकार र मुख्य दलले गरेको वार्ता प्रस्तावबारे धारणा बनाउन आज मधेसी मोर्चाको बैठक बस्दै गरेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनसार मोर्चाको सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री कोइराला र प्रमुख दलका नेताहरुले वार्ताका् लागि गर्नु भएको वार्ताको सवालमा लिखित सर्त अघि सारेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।

एकातर्फ सत्तारुढदल सहितका प्रमुखदलले संविधानसभाभित्र र बाहिर रहेका दलसँग संवाद गरी उनीहरूलाई पनि विश्वासमा लिएर संविधान घोषणा गर्ने वातावरण तयार पार्न नेताहरुले पहल गरिरहेका छन भने अर्कोतर्फ सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मजफो (गणतान्त्रिक), तमलोपा सद्भावना पार्टी र थारु कल्याणकारी सभाका संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, संयुक्त दलित आन्दोलन नेपाल, दलित नागरिक समाज, आदिवासी, जनजाति लगायतका समुदायले विभिन्न माग राखी आन्दोलन गरिरहेका छन् ।