शुक्रबार, चैत्र १६, २०८०

आज पनि एमाओवादीद्वारा संसद् बैठक बहिष्कार , दुई विधेयक पेस

काठमाडौ श्रावण १९ ,व्यवस्थापिका–संसद्को आज बसेको बैठक प्रमुख प्रतिपक्षी एमाओवादीले आज दोस्रो दिन पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ । सभामुखले ‘विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेबित्तिकै सो दलका प्रभु साहले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत दिन बजेट केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ति प्रकट गर्दै शान्ति सम्झौतासँग जोडिएका biccकतिपय विषयमा समेत सरकार गम्भीर नभएको, भूकम्प तथा बाढी पहिरोपीडितलाई राहत तथा पुनःस्थापना गर्नेतर्फ कुनै पनि पहल नगरिएको, युवालाई रोजगारी दिनेतर्फ कुनै पहल नभएको र सत्तारुढ दलको महाधिवेशनलाई केन्द्रित गरेर गरेर बजेट ल्याइएको, एउटै निर्वाचन क्षेत्रमा दर्जनौँ योजना राखिएको तर अन्य जिल्लामा कुनै पनि बजेट नपारिएको र अपारदर्शी ढङ्गले बजेट परिचालन गरिएको आरोप लगाउँदै बैठक बहिष्कार गरिएको बताउनुभइको थियो । यस अघि यसैवीच व्यवस्थापिका–संसद््को आज बसेको बैठकमा उद्योगमन्त्री महेश बस्नेतले ‘विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन विधेयक, २०७१’ र ‘औद्योगिक व्यवसाय विधेयक, २०७१’ प्रस्तुत गर्नुभएको छ ।

मन्त्री बस्नेतले जलस्रोत क्षेत्र र पूर्वाधार क्षेत्रको विकास गरेर रोजगारीको वातावरण बनाउन र व्यापार घाटा कम गर्न नयाँ विधेयक ल्याइएको स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न खोजिएको बताउँदै पेश गर्नु भएको उक्त विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले विरोधको सूचना दर्ता गराएकामा बहुमतले अस्वीकृत गरेको थियो ।
व्यवस्थापिका–संसद््को अर्को बैठक यही साउन २० गते अपराह्न ३ बजेसम्मबा लागि स्थगन गरिएको छ ।