शुक्रबार, बैशाख ७, २०८१

अपराधीलाई कानुनको कठघरामा ल्याएरै छाड्ने उच्च सुरक्षा अधिकारीहरूको प्रतिवद्धता

काठमाडौं भाद्र ११, कैलालीको टीकापुरमा सोमबार थारुहटका कार्यकर्ताको प्रदर्शनका क्रममा भएको आक्रमणमा सातजना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको घटनाको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहितका सरकारी उच्च सुरक्षा अधिकारीहरूको टोलीले घटनास्थलको विहीवार अध्ययन गरेको छ ।
kailali_district_mapअध्ययनको क्रममा टोलीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै टीकापुरमा भएको घटना क्रुर र अमानवीय भएको भन्दै अपराधीलाई कानुनको कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै शान्ति सुरक्षाको काममा आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको भएको प्राप्त समाचारमा जनाइएको छ ।
टीकापुरमा सोमबार भएको उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरी र दुई वर्षीय बालकको समेत को विभत्स हत्या भएको थियो ।
अध्ययेन टोलीमा प्रहरी महानिरीक्षक अर्याल सहित गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी सहभागी हुनुहुन्थ्यो ।