शुक्रबार, बैशाख १४, २०८१

अन्डर नाइन्टिन साफ च्याम्पियनसीप फुटबलमा नेपाल र बंगलादेश भिड्ने

काठमाडौं भाद्र ७, अन्डर नाइन्टिन साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्र्तगत आज नेपाल र बंगलादेश भिड्दै छन् । ललितपुरको download (4)सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे ३ बजे सुरु हुने खेलमा यस अघि नेपाल र बंगलादेशले आ–आफ्नो पहिलो खेलमा भुटानलाई पराजित गरेका थिए । आजको खेलमा बराबरी गरे मात्रै पनि नेपाल समुह बिजेता बन्ने छ भने बंगलादेशलाइ जित्नै पर्ने अवस्था रहेको छ ।
यसअघि आइतबार भएको खेलमा उपाधि दाबेदार भारतले विजयी सुरुआत गरेको छ । समुह बी को खेलमा भारतले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।