शुक्रबार, बैशाख १४, २०८१

अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दैगरेका प्रदर्शनकारी र प्रहरीबीच दुर्इ दर्जन आन्दोलनकारी घाइते

काठमाडौं  भाद्र २,   मुलुकमा ६ प्रदेशको सिमाङकन सहितको प्रस्तावित मार्ग चित्र सार्वजनिक भएयता गत एकसाता देखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच कपिलवस्तुको तौलीहवास्थित जिल्ला प्रशासन कार्यालय चोक अगाडि झडप हुँदा करिब १५ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । यसैगरी, प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरी र सशस्त्र naya-nepal1 kapilbastu_districtप्रहरीतर्फका आधा दर्जन सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

प्रदर्शनकारीको अराजकता तिव्रभएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चलाउनुका पटक पटक अश्रु ग्यास प्रहार गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरीले केही राउन्ड गोलीसमेत प्रहार गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै प्रहरीको गोली प्रहारबाट प्रदर्शनकारीमध्ये दुईजना घाइते भएको बुझिएको छ।

राप्रपा नेपाल समानान्तरका सचिव रामप्रसाद सेवक गोली लागेर घाइते

यसैवीच कपिलवस्तु, तौलीहवामा जारी आन्दोलनमा संवैधानिक राजतन्त्र एवं हिन्दु राष्ट्र सम्वद्ध मान्यतालाई सर्वोपरी मानी जनताको संविधानको पक्षमा आन्दोलनरत रहेकै अवस्थामा राप्रपा नेपाल समानान्तर, कपिलवस्तु जिल्ला कार्य समितिका सचिव रामप्रसाद सेवक पासी गोली लागेर घाइते हुनु भएको जारी विज्ञप्तिमा जनाएको छ । त्यस्तै जारी विज्ञप्तिमा लोकतान्त्रिक अधिकारको उपभोग गर्दै जनताको पक्षमा आवाज बुलन्द गरिरहेकै बेला भएको सरकारी दमनको राप्रपा नेपाल समानान्तर घोर निन्दा र खेद प्रकट गरेको छ । घाइतेको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।